नेपाल सुपर लिग उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

नेपाल सुपर लिग फुटबल

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज धनगढी एफ.सी र काठमाडौं रेजर्स भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ ।

राउण्ड रोविन लिगको आधारमा भएका २४ खेलपछि धनगढी र काठमाडौं फाईनलमा पुगेका हुन् । लिग चरणमा काठमाडौं सर्वाधिक १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो ।

फाइनलअघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् । दुव खेलैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0