संकटमा ए डिभिजन लिग ! च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । ए डिभिजन क्लब च्यासलका एकैपटक १९ खेलाडीमा कोरोना संक्रमण भएको छ । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

जसका कारण आइतबारको दोस्रो खेल स्थगित भएको छ । च्यासलले आइतबार पुलिसको सामना गर्दै थियो । लिग निर्देशक सञ्जिव मिश्रले भने,‘च्यासलका १९ खेलाडमिा कोरोना देखिए छ ।

त्यसैले पुलिसविरुद्धको खेल स्थगित गरेका छौं ।’ लिगमा च्यासल रेलिगेसन लाइनमा छ । पुलिसले ८ खेलबाट सात अंक जोडेको छ । उ ११ औं स्थानमा छ । अखिल नेपाल फुटबल संघले स्थगित खेलका लागि नयाँ मिति तय गर्ने बताएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0