बिल्वाओलाई हराउँदै रियल म्याड्रिडले जित्यो सुपर कपकाे उपाधि

फुटबल

काठमाडौं । साविक विजेता एथलेटिको बिल्वाओमाथि २-० काे सहज जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपर कपकाे उपाधि उचालेकाे छ । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार रातिकाे फाइनलमा रियललाई उपाधि दिलाउन लुका मोड्रिच र कप्तान करिम बेन्जिमाले गोल गरे ।

३८औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाए । ५२औं मिनेटमा कप्तान बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टाेलीको अग्रता दोब्बर पारे । बेन्जिमाकै प्रहार पेनाल्टी क्षेत्रमा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थिए ।

त्यपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा रियल सहज जित निकाल्दै विजेता बन्याे । सिजनको पहिलो उपाधि जितेको रियल १२औं पटक सुपर कप विजेता बनेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0