जावलाखेलमाथि एनआरटीको सहज जित, दर्शन गुरुङले ४ मिनेटमा गरे २ गोल

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ । एनआरटीले त्रिपुरेश्वस्थित दशरथ रंगशालमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको हो।

एनआरटीको जितमा दुवै गोल दर्शन गुरुङले गरे । खेलको ६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमार्फत् एनआरटीले अग्रता लिएको थियो । ७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीलाई सहज जित दिलाए ।

दुवै टोलीले खेलमा पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । ७१औं मिनेटमा एरिक विष्टको फ्रिकिकमा सरोज दाहालले गरेको हेडर बाहिरिँदा एनआरटीले आफ्नो अग्रता दोब्बर बनाउन सकेन ।

८५औं मिनेटमा मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो। यो जितसँगै ९ खेलमा १३ अंक जोडेर एनआरटी छैटौं स्थानमा उक्लिँदा समान खेलबाट ८ अंकका साथ जावलाखेल १० औं स्थानमा यथावत छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0