मेस्सी र सालाहलाई पछि पार्दै लेवान्डोस्कीले दोस्रो पटक जिते उत्कृष्ट फिफा वर्ष खेलाडीको अवार्ड

फुटबल

काठमाडौं । यस वर्षको बेस्ट फिफा अवार्ड रोबर्ट लेवान्डोस्की र अलेक्सीया पुटेलासले जितेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुषतर्फको बेस्ट अवार्ड पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई दिएको हो । जर्मन क्लब बायर्न म्युनिखको लागि गरेको प्रदर्शनको आधारमा लेवान्डोस्की उत्कृष्ट ठहरिए ।

लेवान्डोस्कीले लिभरपुलका मोहोमद सालाह र पिएसजीका लियोनल मेस्सीलाई पछि पारे । पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ता बन्न सफल पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फिफा स्पेशल अवार्ड हात पारेका छन् ।

यसैगरी, महिलातर्फ बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएकी स्पेनिस मिडफिल्डर अलेक्सीया पुटेलास उत्कृष्ट ठहरिइन् । प्रशिक्षकतर्फ पुरुष र महिला दुबै अवार्ड चेल्सीका प्रशिक्षकहरुले जिते । चेल्सीलाई च्याम्पियन्स लिग जिताएबापत थोमस टुचेल पुरुषतर्फको उत्कृष्ट प्रशिक्षक चुनिए ।

महिलातर्फ चेल्सीलाई इंग्लिस लिग जिताउँदै च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएकी इम्मा हायसले अवार्ड जितिन् । चेल्सीका इडुवार्डो मेन्डीले बेस्ट गोलकिपरको अवार्ड जित्दा डेनमार्कको राष्ट्रिय फुटबल टोलीले उत्कृष्ट टिमको अवार्ड जित्यो । उत्कृष्ट गोल गरेबापत पाउने पुस्कास अवार्ड सेभियाका एरिक लामेलाले हात पारे ।

अवार्ड विजेताहरु

दि बेस्ट फिफा पुरुष खेलाडी – रोबर्ट लेवान्डोस्की
दि बेस्ट फिफा महिला खेलाडी – एलेक्सा पुटेलास
फिफा फ्यान अवार्ड – डेनमार्क र फिनल्यान्डका समर्थक
दि बेस्ट फिफा पुरुष प्रशिक्षक – थोमस टुचेल
दि बेस्ट फिफा महिला प्रशिक्षक – इमा हाएस
फिफा फेयर प्ले अवार्ड – डेनमार्क राष्ट्रिय टोली र स्टाफ
फिफा दि बेस्ट पुरुष गोलरक्षक – इडुआर्ड मेन्डी
फिफा दि बेस्ट महिला गोलरक्षक – क्रिस्टिएन इन्डलेर
फिफा बेस्ट स्पेशल अवार्ड – क्रिस्टिन सिन्क्लेर
फिफा बेस्ट स्पेशल अवार्ड – क्रिस्टियानो रोनाल्डो
फिफा फिपप्रो पुरुष टोली – डोन्नररुम्मा, डियास, बोनुची, अलाबा, जर्गिन्हो, कान्टे, केभिन डि ब्रुएन, रोनाल्डो, हालान्ड, लेवान्डोस्की र मेस्सी
फिफा फिपप्रो महिला टोली – क्रिस्टिएन, लुसी, वेन्डी, मिले ब्राइट, माग्डालेना, इस्टाफानिया, कार्ली, बार्बरा, भिएिनी, मार्टा र एलेक्स मोर्गान

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0