लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड, रोनाल्डोलाई स्पेशल अवार्ड ! मेस्सीलाई हाता लाग्यो सुन्ना

फुटबल

काठमाडौं । बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।

उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।

चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुकलले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । चेल्सीकै एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर बने । डेनमार्कको राष्ट्रिय टोलीले बेस्ट फिफा फेयर प्ले अवार्ड पायो भने इमा हेयस वर्षको उत्कृष्ट महिला खेलाडी चुनिइन् ।

उता रोनाल्डोलाई सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भएको अवसरमा विशेष अवार्ड दिइएको थियो । एरिक लामेलाले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गरे । बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् । यसैगरी चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *