बिराट कोहली ले कप्तानी छोडेपछि अनुष्का शर्माको भावुक अनुष्का शर्माको भावुक

क्रिकेट

काठमाडौं । विराट कोहलीका लागि अब उनकी श्रीमती अनुष्का शर्माले इन्स्टाग्राममा भावुक पोस्ट सेयर गरेकी छिन् । विराटले शनिबार टेस्ट टिम छोड्ने घोषणा गरेका थिए । अनुष्का शर्माले आफ्नो पोस्टमा सन् २०१४ को त्यो दिन पनि स्मरण गरिन् जब बिराट कोहलीलाई टेस्ट टीमको कप्तान बनाइएको थियो ।

उनी लेख्छिन्, ‘मलाई सन् २०१४ को त्यो दिन याद छ जब तपाईंले मलाई भन्नुभएको थियो कि तपाईंलाई कप्तान बनाइएको छ किनभने धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेका थिए ।’ ‘मलाई याद छ त्यो दिन धोनी, तपाईं र म सँगै बसेर कुराकानी गरिरहेका थियौं र ठट्टामा ‘अब तपाईंको दाह्री कति छिटो सेतो हुन्छ हेर न’ भन्दा हामी असाध्यै धेरै हाँसेका थियौँ ।’

अनुष्काले थप लेखेकी छिन्, ‘कप्तानको रुपमा विराट कोहली र टिम इन्डियाले जो हासिल गरेको छ, त्यसमा मलाई गर्व छ ।’ ‘त्यसदिन पछि , मैले तपाईंको दाह्री सेतो हुनुबाहेक अन्य धेरै कुरा देखेँ । मैले तपाईंको वरिपरि र तपाईंभित्र धेरै सुधार देखेकी छु । र साँच्ची, भारतीय क्रिकेट टिमका कप्तानको रुपमा तपाईंको र तपाईंको नेतृत्वमा टिमले जुन उपलब्धि हासिल गरेको छ, त्यसमा मलाई असाध्यै गर्व छ । तर तपाईंले आफूभित्र जे हासिल गर्नुभएको छ, त्यसमा भने मलाई सबैभन्दा बढी गर्व छ । ’

उक्त भावुक पोस्टमा पछिल्लो ७ वर्षम विराट कोहलीका चुनौतीको पनि बयान गरिएको छ । अनुष्काले लेखेकी छिन्, ‘सन् २०१४ मा हामी यति साना र सिधा–सादा थियौँ कि हामीलाई लाग्थ्यो कि राम्रो उद्देश्य, सकारात्मक सोच र लक्ष्यले नै तपाईंलाई जीवनमा अघि बढाउनका लागि काफी छ । जीवनमा अघि बढ्नका लागि यी चिज पक्कै पनि आवश्यक त छ तर चुनौतीको सामना नगरिकन तपाईं अघि बढ्न सक्नुहुन्नँ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0