पहिलो नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौंले जित्यो

नेपाल सुपर लिग फुटबल

काठमाडौ‌ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १-० गर्दै काठमाडौं च्याम्पियन बनेको हो।

काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए। उनले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन् ।

जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको छ। प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0