यसरी हुदैछ राष्ट्रिय फुटबल टीमको प्रशिक्षण, अलमुताईरीले सिकाउँदैछन् कला ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएकोले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

नेपाल र मोरिसस बीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । काठमाडौंमा नै जारी ‘ए’ डिभिजन लिगको नवौ चरणका खेलहरू सोमबार सकिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0