खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

समाचार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको हो ।

उहाँले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताउनुभयो । मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गर्नु भयो । उहाँले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताउनुभयो ।

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0