प्रशिक्षक अल्मुताइरी भन्छन् : ‘नयाँ खेलाडीलाई मौका दिन्छु, स्टार खेलाडी जन्माउछु’

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरू भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को खेल मैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए।

फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको हो। फिफा विन्डोमा नेपालले मरिसससँग माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ। मुख्य प्रशिक्षण अलमुताइरीले साहयक प्रशिक्षकका रुपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन्। मरिससविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि उनलाई अलमुताइरीले दोस्रो साहयक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा कुरा गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले मरिससबिरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्। मरिससबिरुद्धको खेलमा केही नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन्।

यस्तै साहयक प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफूले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफूलाई अझ निखार्ने बताएका छन्। यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन्।

जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन्। तर नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ। कोरोना संक्रमण भएका खेलाडीहरु निको भएर आए पछि सम्पूर्ण टिमको प्रशिक्षण गर्ने एन्फाको तयारी छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0