बेस्ट फिफा अवार्डमा रोनाल्डो र मेसीले कसलाई भोट दिए ? गोप्य भोटको खुलासा

फुटबल

काठमाडौँ । फिफाले गएराती दिएको ‘द बेष्ट २०२१’ को अवार्डमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको भोटको खुलासा भएको छ । बर्षको उत्कृष्ट खेलाडीका लागि पोर्चुगलका कप्तान रहेका रोनाल्डोले विजेता रोबर्ट लेवानडोस्कीलाई भोट दिएका छन् भने मेसीले नेइमारलाई आफ्नो भोट दिएका छन् ।

मेसी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिख र पोल्याण्डका स्टार लेवानडोस्कीले लगातार दोस्रो पटक फिफाको यो प्रतिष्ठित अवार्ड जितेका छन् । रोनाल्डोले आफ्नो पहिलो रोजाईमा लेवानडोस्कीलाई भोट दिएका थिए भने दोस्रो रोजाईमा चेल्सीका मिडफिल्डर एनगोलो कान्टे र तेस्रो रोजाईमा चेल्सीकै जर्जिन्होलाई दिएका थिए ।

त्यसैगरी मेसीले आफ्नो पहिलो रोजाईमा नेइमारलाई भोट दिए भने दोस्रो रोजाईमा पिएसजीकै किलीयन एम्बाप्पे र तेस्रो रोजाईमा रियल म्याड्रिडका करिम बेन्जमालाई भोट दिएको खुलेको छ । त्यसैगरी लेवानडोस्कीले भने आफ्नो पहिलो रोजाईको भोट चेल्सीका जोर्जिन्होलाई दिएका थिए भने दोस्रो रोजाईमा मेसी र तेस्रो रोजाईमा रोनाल्डोलाई भोट दिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0