बिगबास लिगमा सन्दीपको शिजनकै सबैभन्दा खराब बलिङ

क्रिकेट

काठमाडौं । अष्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेलले बीग बास लिग बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । होबार्ट ह्युरीकेन्ससँगको खेलमा मेलबर्न स्टार्सका म्याक्सवेलले सर्वाधिक एक सय ५४ रनको अविजित पारी खेले ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । यो खेलमा ग्लेन म्याक्सवेल ६४ बलमा २२ चौका र ४ छक्कासहित एक सय ५४ रनमा अविजित रहे । यो बीग बास लिग इतिहासमा एक खेलाडीले एक खेलमा बनाएको सर्वाधिक रन हो । त्यस्तै लिगमा योगफल पनि इतिहासकै सर्वाधिक धेरै हो ।

यसअघि सिड्नी थन्डरले सिड्नी सिक्सर्सविरुद्ध गएको वर्ष ५ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । म्याक्सवेलले मार्कस स्टोइनिसको कीर्तिमान तोडेका हुन् । मेलबर्न स्टार्सका मार्कस स्टोइनिसले गएको वर्ष सिड्नी सिक्सर्ससँगको खेलमा एक सय ४७ रनको अविजित पारी खेलेका थिए ।

नेपालका खेलाडी सन्दीप लामिछानेले आजको खेलमा ४ ओभरमा ५२ रन खर्चिए । ग्लेन म्याक्सवेलले उनको चौथो ओभरमा लगातार पाँच चौका हिर्काएका थिए । लामिछानेले आजको खेलमा कुनै पनि विकेट लिन सकेनन् । आजकाे खेल मेलबर्न स्टार्सले १ सय ६ रनकाे फराकिलाे अन्तरले जितेकाे छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0