चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि

फुटबल

काठमाडौं, जेठ २ : चेल्सीलाई हराउँदै लेष्टर सिटीले पहिलो पटक एफए कपको फुटबलको उपाधि जितेको छ । यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो ।शनिबार राति लण्डनको वेम्बले रंगशालामा सम्पन्न फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो।

खेलको ६औं मिनेटमा युरी टियलमेन्सले गरेको गोल नै निर्णायक बन्यो। खेल अधिकांश समय आफ्नो नियन्त्रणमा लिए पनि चेल्सीले जित भने हात पार्न सकेन। ८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौँ उपाधि जित्न भने असफल भएको हो । चेल्सीले म्यान्चेस्टर सिटी र लेस्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0