टेस्ट शिरिजपछि पहिलो वनडेमा पनि भारतको हार

क्रिकेट

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल ३१ रनले जितेर विजयी शुरुवात गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २९७ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै २६५ रन मात्र बनाएपछि भारतले खेल ३१ रनले हारेको हो । भारतका लागि शिखर धवनले ७९ रन बनाए भने विराट कोहलीले ५१ रन बनाए । त्यस्तै श्रदुल ठाकुरले अविजित ५० रन बनाए भने श्रेयस अय्यरले १७, ऋषव पन्तले १६ र कप्तान केएल राहुलले १२ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले रस्सी भान डेर दुस्सेनले अविजित १२९ रन र टेम्बा बभुमाको ११० रनको मद्द्तले ४ विकेट गुमाउदै २९६ रन बनाएको थियो । यो जितपछि तीन खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अग्रता हासिल गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0