इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीलाई हराउँदै टोटेनह्याम पाँचौ स्थानमा

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराउँदै टोटेनह्याम पाँचौ स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा टोटेनह्यमले रोमाञ्चक खेलमा लेस्टर सिटीमाथि ३-२ गोल अन्तरले हराउँदै पाँचौ स्थानमा उक्लिएको हो।

२-१ गोलले पछि परेको अवस्था इन्जुरी समयमा उल्ट्याउँदै दुई गोल गरेपछि टोटनह्यामले रोमाञ्चक जित निकालेको हो। इन्जुरी समयमा टोटनह्यामका लागि स्टेभेन बर्गविन्जले दुबै गोल गरे। उनले इन्जुरी समयको पाँचौ र सातौं मिनेटमा गोल गर्दै टीमलाई महत्वपूर्ण जित दिलाएका थिए।

खेलको २४ औं मिनेटमा प्याटसन डाकाले लेस्टर सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। तर ३८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई पहिलो हाफमा बराबरीमा ल्याए।

खेलको ७६ औं मिनेटमा लेस्टरले खेलमा दोस्रो पटक अग्रता लियो। उसका लागि म्याडिसनले गोल गरेका थिए। निर्धारित समयसम्म २-१ ले पछि रहेको टोटेनह्यामले इन्जुरी समयमा थप दुई गोल गरेपछि रोमाञ्चक जित निकाल्यो।

जितसँगै टोटेनह्यामले १९ खेलबाट ३६ अंक बनाउँदै पाँचौ स्थानमा उक्लिएको छ। पराजित लेस्टर समान १९ खेलबाटै २५ अंकका साथ १० औ स्थानमा झरेको छ। लिगमा ५६ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा कायमै छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0