विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसन भन्छन्– मलाई नेपाल घुम्न मन छ

समाचार

काठमाडौं । अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् । इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् । साथीभाइ तथा अन्य माध्यमबाट नेपालका बारेमा थाहा भएको बताउँदै उनले नेपाल लगायत विश्व भ्रमण गर्न मन लागेको बताएका छन् ।

उनले उक्त पोडकास्टमा नेपाल मन्दिर र हिमालको देश भनेर प्रशंसा पनि गरेका छन् । उनले नेपाल हिमाल नै हिमालको देश भएको र आफू त्यस्तो ठाउँमा जान सधै लालयित हुने पनि बताएका छन् ।

टायसनलाई आफ्नो समयको सबैभन्दा प्रसिद्ध हेवीवेट बक्सरमध्ये एक मानिन्छ । उनले १९८७ देखि १९९० सम्म निर्विवाद विश्व हेवीवेट च्याम्पियनको रूपमा शासन गरे।

२० वर्षको उमेरमा आफ्नो पहिलो बेल्ट दाबी गर्दै, टायसनले हेवीवेट उपाधि जित्ने सबैभन्दा कान्छो बक्सरको रूपमा रेकर्ड राखे । उनी डब्लूबीए, डब्लूबीसी र आइबीएफ शीर्षकहरू एकै साथ जित्ने पहिलो हेवीवेट बक्सर पनि बने । उनले बक्सिङ सन् १९८७ देखि सन् २००५ सम्म खेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0