सन्दीपको कप्तानिमा बिश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा, सोमपाल र बिनोद भण्डारी परेनन्

क्रिकेट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीको पुरुष टी-२० विश्वकपको ग्लोबल क्वालिफयारका लागि १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले विहिबार सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी छनौट गरेको हो । जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् ।

ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ सेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, बिबेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0