इन्टरमाथि युभेन्ट्सको जित

फुटबल

काठमाडौं, जेठ २ : ‘इटालियन सिरि ए’ को उपाधि जितेको इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने आसा जीवितै राखेको छ।

खेलको २४ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३३ मिनेटमा इन्टरका लुकाकुले पेनाल्टीमा गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए।

खेलको ५५औँ मिनेटमा रोड्रिगो दोहोरो पहेलो काड खाँदै बाहिरिएपछि युभेन्टस १० खेलाडीमा समेटियो। पहिलो हाफको तेस्रो मिनेटमा जु कार्ड्राडोले युभेन्ट्सका लागि दोस्रो गोल गरे। ८३ मिनेटमा युभेन्ट्सका चिलेनीले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो। तर ८८ मिनेटमा काड्राडोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३-२ को अग्रता दिलाए।

तनावपूर्ण खेलको अन्त्यमा इन्टरका मार्सेलो ब्रोजोभिकले पनि रातो कार्ड खाएका थिए । इन्टरमाथिको जितसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ। युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ। च्याम्पियन बनिसकेको इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0