बिगबास छोडेर नेपाल फर्किएका सन्दीप भन्छन् : ‘पहिलाे प्राथमिकता देश’

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अस्ट्रेलियामा चलिरहेको बीग बास लिग बीबीएल टी–२० क्रिकेटमा सहभागिता जनाएर सन्दीप गएराति स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रुपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिएका सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो पहिला प्राथमिकता देश रहेको र नेपालले खेल्ने प्रतियोगिताको तयारीका लागि बिग ब्यास लिग छोडेर आएको सन्दिपले बताएका छन ।

अघिल्लो महिना नेपाल क्रिकेट सङ्घ क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोटका लागि सन्दीप बीबीएल नसकिँदै स्वदेश फर्किएका हुन्। मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले छनोटका लागि सन्दीपको कप्तानीमा टिम घोषणा गरिसकेका छन् ।

अब उनी नेपाली टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । सन्दीपले बीबीएलमा होबार्ट ह्युरीकेन्सबाट खेलेका थिए । नेपाली सिनियर टोलीले सन्दीपको कप्तानीमा पहिलोपटक खेल्न लागेको हो। यसअघि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका थिए। तर, क्यानसँगको विवादपछि उनलाई बर्खास्त गरिएको थियो।

नेपाली राष्ट्रिय टोलीले पुस १९ गतेबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ। तथापि, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका कारण बीचमा प्रशिक्षण अवरुद्ध भएको थियो। सुरुमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। क्यानले माघ ६ गते अन्तिम १६ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0