इराकसँगको मैत्रीपूर्ण र विश्वकप कप छनौट खेल्ने ३२ खेलाडी बन्द प्रशिक्षणमा

फुटबल

काठमाडाैं‍ : विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि खेलाडी घाेषणा गरेको छ। बन्द प्रशिक्षणमा समावेश गरिएका ३२ खेलाडीमध्ये नेपाल सुपर लिग समापनपछि ८ खेलाडी परिवर्तन गरिएको छ।

एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसम्म यसपटक टोलीमा परेनन्। यसबाहेक थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि टोलीमा परेका छैनन्। नवयुग श्रेष्ठ र सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

दुवै खेलका लागि यसअघि नै क्लोज क्याम्प ट्रेनिङ सुरु गरिसकेको छ। प्रशिक्षणमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको एन्फाले जनाएको छ। नेपालले कतारसँग उसकै मैदानमा मे २९मा मैत्रीपूर्ण खेल खेल्ने छ। नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटमा अस्ट्रेलियान, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्दैछ ।

यी हुन बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), सुनिल बल, सुरज जिउ ठकुरी, निशान खड्का, पुजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, आयुस घलान, विवेक बस्नेत, विकास खवास, रवि पासवान, रजिन धिमाल, अनन्त तामाङ, विशाल सुनार (गोलकिपर), अभिशेक रिजाल, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, दर्शन गुरुङ, विशाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नितिन थापा, सन्तोष तामाङ, शेसेहाङ आङदाम्बे, सुमन लामा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *