लियोनेल मेस्सी कोरोना संक्रमणपछि पहिलोपटक टोलीमा फर्कंदै

फुटबल

काठमाडौं : लियोनेल मेस्सी आइतबार स्टाडे डे रेइम्सबिरुद्धको खेलमा टोलीमा फर्कने म्यानेजर माउरिसियो पोचेटिन्होले जानकारी दिएका छन् । कोभिड १९ को संक्रमणबाट पूर्ण निको भएपछि मेस्सी पहिलोपटक टोलीमा फर्कन लागेका हुन् ।

युरोपियन विन्टर ब्रेकका दौरान संक्रमित बनेका मेस्सीले त्यसयता कुनै खेल खेलेका छैनन् । पत्रकार सम्मेलनमा पोचेटिन्होले मेस्सीले टोलीसँग प्रशिक्षण गरेको र उनको आगमनले आफू खुसी रहेको बताए । ‘उनी हामीसँग भोलि टोलीमा हुनेछन्,’ उनले भने ।

पोचेटिन्होले घाइते भएर टोली बाहिर रहेका फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे पनि टोलीमा फर्कने जानकारी दिए । यद्यपि, उनले खेलमा सुरुवात गर्ने वा नगर्ने भन्ने चाहिँ यकिन नभएको उनले बताए । पिएसजी हाल लिग वानमा २१ खेलबाट ५० अंक बटुल्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको निस ११ अंकले पछि रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged