नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएकाे अभियाेगमा हरि खड्काविरुद्ध मुद्दा दायर

समाचार

काठमाडौं । राष्ट्रिय फुटबल टाेलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ । आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ । त्याे प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
0