मेसिले छोडेपछि जित्न बिर्सिएको बार्सिलोनालाई झड्का नै झड्का

फुटबल

काठमाडौँ । अन्सु फाती घाइते भएपछि बार्सिलोनाको समस्या फेरी बढेको छ । बिहीबार एथ्लेटिक क्लबविरुद्ध कोपा डेल रे अन्तर्गतको खेलमा घाइते भएका थिए । उनको हाम्सट्रीङ इन्जुरी भएको बताइएको छ । फातीले आफ्ना बुबा, उनका एजेन्ट जर्ज मेन्डेस र बार्सिलोनाका मेडिकल स्टाफसँग छलफल गरेपछि सर्जरी नगरी उपचार गर्ने निर्णय गरेको जानकारी गराएका छन् ।

डाक्टरहरूले फातीलाई सर्जरी गर्ने र परम्परागतरुपमा उपचार गर्ने विकल्प दिएकोमा फातीले सर्जरी नगर्ने निर्णय लिएको बताएका छन् । बार्सिलोनाले पनि फातीको लागि सबैभन्दा राम्रो विकल्प सर्जरी नै भएकोमा जोड दिएको थियो । यस इन्जुरीबाट फाती ६ देखि ८ सातासम्म मैदान बाहिर हुने भएपछि बार्सिलोनाको समस्या बढेको छ ।

फातीले आफ्नो यसअघिको घुँडाको सर्जरीपछि गत सिजनको कठिन अनुभवका कारण यस पटक सर्जरी गर्न नचाहेको बताइएको छ । बार्सिलोनाले फातीको निर्णयलाई सम्मान गर्दै उनी छिटो ठिक हुने आशा व्यक्त गरेको छ ।

लियोनेल मेसीको बार्सिलोनाबाट बहिर्गमनपछि उनको विकल्पको रुपमा हेरिएका फाती लगातारको इन्जुरीपछि त्यो आशालाई पुरा गर्न असफल भएका छन् । उनले यस सिजनमा केबल १० खेल मात्र खेलेका छन् भने ५ गोल गरेका छन् ।

फाती गत सिजनमा पनि इन्जुरीका कारण लामो समय मैदान बाहिर रहेका थिए । फातीले गत सिजनमा पनि बार्सिलोनाका लागि केवल १० खेल खेलेका थिए भने ५ गोल गरेका थिए । उनले २०१९-२० सिजनमा बार्सिलोनाका लागि ३३ खेल खेल्दै ८ गोल गरेका थिए ।

बार्सिलोना यस सिजनमा च्याम्पियन्स लिगबात बाहिरिएपछि ला लिगामा अर्को बर्षको च्याम्पियन्स लिग खेल्न शिर्ष चारमा पर्न संघर्षरत रहेको छ । बार्सिलोना हाल ला लिगामा पाँचौ स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अंकले पछाडी रहेको छ ।जाभी प्रशिक्षक बनेपछि बार्सिलोना नयाँ टिम बनाउने अभियानमा रहेको बेला फातीको पुन: इन्जुरीले क्लबको अभियानलाई धक्का लागेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
0
+1
0
+1
2