यसकारण लियोनल मेस्सी अर्जेन्टिनाको टिममा परेनन्

फुटबल

काठमाडौं । अर्जेन्टिनाले भोलि शुक्रवार विश्वकप छनोट अन्तर्गतको खेलमा चिलीको सामना गर्दैछ। खेलहरु अझै बाँकी रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको अर्जेन्टिनी टिममा लियोनल मेस्सी छैनन्। पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर मेस्सी राष्ट्रिय टोलीमा नसमेटिनुको कारणबारे प्रशिक्षक लियोनल स्कालोनीले स्पस्ट पारेका छन्। उनले कोभिड संक्रमणको मेस्सीलाई पारेको प्रभावलाई यसको कारण देखाएका छन्। विश्वकपमा छनोट भइसकेको अवस्थामा मेस्सीलाई लिएर कुनै जोखिम लिन नचाहेको बुझिएको छ।

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै स्कालोनीले स्पस्ट रुपमा मेस्सी टिममा भएको हेर्न चाहे पनि उनको स्वास्थ्यलाई लिएर जोखिम लिन नसकेको बताएका थिए। उनले मेस्सीसँगको कुराकानीमा मेस्सीले आफूलाई कोभिड संक्रमणले कठिन बनाएको बताए। यो अवस्थामा मेस्सीको स्वास्थ्य महत्वपूर्ण हुने भएकाले उनलाई क्लबसँगै रहन दिनु उपयुक्त विकल्प हुने निर्णय लिएको बताए।

‘मेस्सी संक्रमित भएपछि मैले उनीसँग कुरा गरेको थिएँ। उनलाई कठिन किसिमको भेरियन्टले संक्रमित गरेको छ र यसले धेरै असर गरेको छ, ‘ उनले भनेका थिए, ‘उनी ठीक हुनु सबैभन्दा महत्वपूर्ण छ।’ पीएसजी पनि मेस्सीलाई ठीक हुन समय दिएकोमा खुशी भएको बताइएको छ। पीएसजीले च्याम्पियन्स लिगमा अगाडि रियल मड्रिडसँग सामना गर्नुछ।

यद्यपि खेलको पूर्वसन्ध्यामा स्कोलिनी आँफै पनि संक्रमित भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। ‘म त ठीक छु। तर, पीसीआर परीक्षणमा नतिजा पोजेटिभ देखिएको छ,’ उनले भने। विश्वकप अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा भोलि बिहानको पहिलो खेलमा इक्वेडर र ब्राजिल, दोस्रो खेलमा पाराग्वे र उरुग्वे र तेस्रो खेलमा अर्जेन्टिना र चिली भिड्नेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0