समूह चरणबाटै बाहिरिएपछि घानाले मुख्य प्रशिक्षकलाई हटायो

फुटबल

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घाना फुटबल संघले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको छ ।क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई खेलमा पराजय र एक खेलमा बराबरीको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरिएपछि संघले मुख्य प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको हो ।

संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको जनाइएको छ । समूह चरणमा घाना मोरक्कोसँग १–० तथा कोमोरोससँग ३–२ ले पराजित भएको थियो । यसैगरी घानाले गाबोनसँग १–१ को बराबरी खेलेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0