“आईपीएल र पीएसएलको तुलना हुनै सक्दैन” : वहाब रियाज

क्रिकेट

काठमाडौं । पाकिस्तानका फास्ट बलर वहाब रियाजले आईपीएल र पीएसएलको तुलना गर्दै आईपिएल पिएसएलभन्दा उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । जसको कारण पाकिस्तानीहरुले उनको चर्को आलोचना गरिरहेका छन् । वहाब रियाजका अनुसार विश्वभरका दिग्गज क्रिकेटरहरू आईपीएलमा खेल्छन् र त्यसैले पनि आईपीएल उत्कृष्ट लिग हो । त्यस्तै वहाब रियाजले आईपिएल आयोजकको पनि प्रशंसा गरे जसले प्रतियोगिता उत्कृष्ट ढंगले संचालन गर्छन् ।

आईपीएल र पीएसएलको तुलनामा वहाब रियाजको बयान

वहाब रियाजले भने, “सबै अन्तर्राष्ट्रिय खेलाडीहरू आईपीएलमा खेल्छन्। तपाईले आईपीएल र पीएसएलको तुलना गर्न सक्नुहुन्न। मलाई लाग्छ कि आईपीएल फरक स्तरमा छ। उनीहरूले टूर्नामेन्ट चलाउने तरिका र उनीहरूको अक्सन प्रणाली सबै रोमाञ्चक छ । आईपीएलको पीएसएलसँग तुलना हुनै सक्दैन । तर यदि आईपीएल पछि कुनै क्रिकेट लिग छ भने यो पीएसएल हो र यो पनि प्रमाणित छ।”

वहाब रियाजले पनि पाकिस्तानी टीम बाहिर हुनुको कारणबारे पनि बताएका छन् । उनले भने कि उनले चयनकर्ताहरुसँग कुराकानी गरेको थिए तर धेरै फाइदा भएन। तर चयनकर्ताले उनलाई अनुभवी फास्ट बलरको खाँचो रहेको बताएका छन् । अब यो हेर्न बाँकी छ कि उनि पाकिस्तानी टिममा फर्कन्छ कि फर्कदैनन् ।

भर्खरै पाकिस्तानका पुर्व विकेट किपर कामरान अकमलले भारतमा हुने टि-२० बिश्वकपका लागि वहाब रियाजलाई पाकिस्तान टीममा राख्नु पर्ने बताएका थिए । अकमलका अनुसार वहाब रियाजसँग धेरै अनुभव छ र यो अनुभव भारतको सपाट पिचहरूमा उपयोगी हुनेछ। तर अब भारतमा टि-२० बिश्वकप हुने संम्भावना न्युन छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0