अलमुताइरीले भने : ‘जिते श्रेय खेलाडीलाई जान्छ, हारे म जिम्मेवार हुन्छु’

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् । आज बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टाेलीले जित हात पारे त्यसकाे सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भाेगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन् ।

नेपालले पहिलो पटक अफ्रिकी देश मरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिवार र मङ्गलवार हुनेछ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोलीको घोषणासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा रहेका ३४ खेलाडी नै छनोटमा परेका छन् ।

किरणकुमार लिम्बूले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । माल्दिभसमा व्यावसायिक फुटबल खेलिरहेका किरण मरिससविरुद्धको दुई मैत्रपूर्ण खेल खेल्नका लागि हिजो बुधवार नेपाल आइपुगेका हुन् । प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश भएका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने निर्णय गरेका हुन् । उनले नतिजाभन्दा पनि खेलाडीलाई अनुभव दिनु आफ्नो मुख्य लक्ष्य रहेको यसअघि बताएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0