चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिग फुटबलको उपाधि

फुटबल

एजेन्सी । बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । बार्सिलोनाले इङ्ग्लिस क्लब चेल्सीलाई ४–० गोल अन्तरले पन्छाउँदै उपाधि जितेको हो ।

बार्सिलोनाले खेलको पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता बनाएको थियो । खेलको १४औँ मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

एटाना बोनमतीले २१ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन् । कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरेकी थिईन् ।

पहिलो हाफको ३६ मिनेट भित्र बार्सिलोनाले चेल्सीको पोस्टमा चार गोल गरिसकेको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन । बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।

चेल्सीमाथिको जितसँगै बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो । सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग ४–१ ले पराजित भएको थियो ।

यस्तै, चेल्सीको पुरुष टिम पनि च्याम्पियन्स लिगको फाइनल पुगेको छ । लण्डन क्लबले उपाधिका लागि प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0