नेपाल र मरिससको पहिलो मैंत्रीपूर्ण खेल आज, कसले जित्ला त खेल ?

फुटबल

काठमाडौं । नेपालले अफ्रिकी देश मोरिसससँग आज पहिलो मैंत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ४ः४५ बजे हुनेछ । खेल हेर्न लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिएको छ । दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परिक्षण गर्नेछ ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । फिफा वरीयतामा मरिसस नेपाल भन्दा पछाडी रहेको छ । केही सातादेखि मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुने जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए । यस्तै, मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने प्रतिक्रिया दिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0