आहा रारा गोल्डकप फाइनल : मनाङ र एपीएफ भिड्दै

फुटबल

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्यांदी र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । जारी प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै एपीएफ फाइनल पुग्दा मनाङले टाइब्रेकरमा आर्मीलाई ४–३ ले हराएर फाइनल यात्रा तय गरेको थियो ।

६ पटक उपाधि जितेको मनाङ १२ औं पटक फाइनल पुग्दा एपीएफ पहिलो पटक फाइनलमा पुगेको हो । एपीएफ पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने दाउमा रहँदा मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छ । पोखरामा हिजो आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमका प्रशिक्षकले उपाधि जित्ने बताउनु भएको थियो । एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउनु भयो ।

त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको बताउनु भएको छ । उहाँले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि बताउनु भयो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0