बेलायती टेनिस स्टार एम्मा र्‍याडुकानुलाई पिछा गरेर वाक्क लगाएकोमा नेपाली दोषी

टेनिस

काठमाडौं । बेलायती टेनिस खेलाडीलाई घरमै पुगेर तनाव दिएको प्रकरणमा एक नेपाली दोसी ठहर भएका छन् । बेलायतको टेनिस खेलाडी एम्मा र्‍याडुकानुले एक नेपाली कयुवकमार्फत तनावग्रस्त भएको भन्दै केहीसमय अघि अदालतमा निवेदन दिएका थिइन् । अदालतले ती नेपाली युवकलाइ एम्मा र्‍याडुकानुको स्वतन्त्रता खोसेको भन्दै दोसी ठहर गरेको हो ।

उक्त निवेदनपछि तनाव दिने नेपाली ३५ वर्षीय अमृत मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई एम्मा र्‍याडुकानुको घरको सीसी क्यामेराको आधारमा पक्राउ गरिएको बताइएको छ । बेलायती पत्रिका डेली मेलका अनुसार मगरले साउथ इष्ट लन्डनस्थित एम्मा र्‍याडुकानुकै घरसम्म पुगेर पिछा गरेको आरोपमाब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो ।

मगर लन्डनस्थित एजवेयर बस्दै आएका थिए । उनी विवाहित पनि हुन् । उनले एम्मा र्‍याडुकानुको घरमै पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा बताइएको थियो । गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका बताइएको छ । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ‘यु डिजर्भ लभ’ (तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेकाे बताइएकाे छ ।

त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए । त्यस्तैगरी अर्को पटक एम्माको घरमा पुगेर मगरले केही नक्साहरु कोरेर दिएका थिए । त्यसक्रममा एम्मा र्‍याडुकानुलाई भेट्न मगरले २३ माइल लामो यात्रा गरेको उल्लेख गरेका थिए ।

१९ वर्षीया एम्माले आपफू बाहिर निस्किँदा, एक्लै हुँदा आफूलाई असुरक्षित महसुस हुने गरेको अदतलतमा बयान दिएको बताइएको छ । मगरले दिएको तनावकै कारण आफूले घर नै सार्न खोजिरहेको पनि अदालतमा बयान दिएकी थिइन् । एम्मा पछिल्लो युएस ओपनको उपाधिकी बिजेतासमेत हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0