मेसिले छोडेपछि जित्नै बिर्सिएको बर्सिलोनाले नयाँ स्टार भित्र्यायो

फुटबल

काठमाडौं :  बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरेको छ । स्पेनिस क्लबले २६ वर्षीय खेलाडीको तलब तिर्नेछ भने यो सिजनको अन्त्यमा उनलाई खरिद गर्न पनि पाउनेछ ।

ट्राओरेको वुल्भ्ससँग १८ महिनाको करार बाँकी छ । तर करार थप गर्ने विषयमा कुनै सहमति हुन सकेको छैन । ट्राओरेले आफ्नो करियरको सुरुवात बार्सिलोनाबाट नै गरेका थिए । उनले सन् २०१५ मा बार्सा छाडेर एस्टन भिल्ला पुगेका थिए ।

त्यसपछि मिडल्सब्रोमा २ वर्ष बिताएपछि उनी सन् २०१८ मा क्लबको कीर्तिमानी १.८ करोड पाउन्डमा वुल्भ्ससँग आबद्ध भएका थिए । क्लबका लागि १५४ खेल खेल्दै उनले ११ गोल गरेका छन् । यसअघि टोटनह्यामले उनका लागि १.५ करोड पाउण्डको अफर गरेको तर क्लबले त्यसलाई अस्वीकार गरेको पनि बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
5
+1
0
+1
0
+1
0