सेल्टा डी भिगोसँग पराजित बार्सिलोना ला लिगाउपाधि होडबाट बाहिरियो

फुटबल

एजेन्सी, ३ जेठ : बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड समाप्त भएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो ।

यस खेलमा बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको २८औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएको भएपनि सेल्टाले कमब्याक गर्दै खेलको ३८औ र ८९औ मिनेटमा गोल गरेर बार्सिलोनालाई पराजित गरेको थियो । ८३ औँ मिनेटमा लेङ्गलेट दोरोहो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ । अन्तिम खेलअघि शीर्ष स्थानको एट्लेटिकोको ८३ अंक छ भने दोस्रो स्थानको रियलको ८१ अंक छ।

अन्तिम खेलमा एट्लेटिको पराजित भएमा या बराबरीमा रोकिएमा र रियल मड्रिड विजयी भएमा उपाधि रियलले लैजाने छ । तर रियलले बराबरी खेलेमा या पराजित भएमा उपाधि एट्लेटिकोको पक्षमा जानेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1