जब ४ बर्षपछि विमल घर्तीमगरले अन्तराष्ट्रिय गोल गरे … ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं : सन् २०१८ को अन्त्यमा अनुशासनको कारबाहीमा परेका विमल घर्तीमगरले विश्वकप छनोटका खेल र स्वदेशमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) का खेल गुमाएका थिए। यतिमात्र होइन उनले सो सिजन सहिद स्मारक ए डिभिजन लिगका अधिकांश खेल गुमाएका थिए। त्यसको एक वर्षपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका थिए। तर उनको अभ्यासका क्रसमा खुट्टामा गम्भीर चोट लाग्यो।

चोट निको पार्नका लागि विमलको एक वर्षअघि कतारमा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको ९ महिनापछि मैदान फर्किएका विमलले यो सिजनको लिगका लागि मच्छिन्द्र क्लबसँग सम्झौता गरेका थिए। मच्छिन्द्रबाट विस्तारै आफ्नो पुरानो फर्ममा फर्किएका विमललाई राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अमुताइरीले बन्द प्रशिक्षणमा बोलाएका थिए।

मरिसससँग विरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टिममा पर्दै विमलले साढे तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका थिए। शनिबार मरिससँगविरूद्ध खेल्दै विमलले राष्ट्रिय टिमबाट गोल गर्न समेत सफल भए। विमलले नेपालका लागि ४० महिनापछि गोल गरेका हुन्। ४० महिनापछि गोल गर्दा विमलले सुमन लामाको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।

पछिल्लो पटक विमलले नेपालका लागि ६ सेप्टेम्बर २०१८ मा गोल गरेका थिए। विमलले साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरूद्ध पछिल्लो गोल गरेका थिए। विमलको यो नेपालका लागि नवौं अन्तर्राष्ट्रिय गोल हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
Tagged