नाडालले रचे इतिहास, जिते ऐतिहासिक २१औं ग्रान्डस्लाम

टेनिस

काठमाडौं : स्पेनिस टेनिस स्टार राफेल नाडालले कीर्तिमानी २१ औं ग्रान्ड स्लाम जित्नेका छन् । अस्ट्रेलियन ओपनको पुरुष एकल तर्फ आइतबार मेलवर्न पार्कमा भएको फाइनलमा नाडालले दोस्रो वरियताका रुसी खेलाडी डेनियल मेदभेदेवलाई २-६, ६-७, ९५-७०, ६-४, ६-४ र ७-५ को सेटमा पाखा लगाउँदै खेल आफ्नो पक्षमा पारे ।

पाँच घन्टा लामो संघर्षपूर्ण भिडन्तमा मेदभेदेभले सुरुवाती दुई सेट जित्दै नाडाल माथि दबाब बनाएपनि त्यसपछिका तीन सेटमा नाडालले सानदार पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए।

नाडालको यो दोस्रो अस्ट्रेलियन ओपनको उपाधि हो । यसअघि उनले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । उनले १२ वर्षपछि पुन: एकपटक आफ्नो करिअरकै कठिन उपाधि हात पारे । ३५ वर्षीय नाडालले रोजर फेडेरर र नोभाक जोकोभिचसँगै २० पल्ट ग्राण्डस्लाम उपाधि जितिसकेको कीर्तिमान आफ्नो नाममा बनाउँदै सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बन्ने होडमा रहेका थिए।

जुन होड उनले पुरा गर्दै आफ्नो सपना साकार पारेका हुन्। नाडाल योबीचमा पटक-पटक चोट बोक्दै पुनरागमन गर्दै आएका छन् । यो पटक फेडेरर र जोकोभिच दुवैजना अस्ट्रेलियन ओपनमा थिएन् । युएस ओपन विजेता २५ वर्षीय मेदभेदेवले टेनिसको ओपन एरामा लगातार दोस्रो ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0