कोरोनाको कारण स्थगित पुलिस र च्यासलको खेल शनिबार

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित खेल शनिबार हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार स्थगित भएको पुलिस र च्यासलबीचको खेल शनिबार हुने जनाएको छ।

नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो। तर, च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो।

जारी लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११औं स्थानमा छ। यता, रेलिगेसन जोनमा रहेको च्यासल ८ खेलमा ५ अंक साथ १३औं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0