मरिससविरुद्धको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाली टोलीमा दुई परिवर्तन

फुटबल

काठमाडौं, १८ माघ । अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आज हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

अल्मुताईरीले डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थीको ठाउँमा युवा खेलाडी मनिष डाँगी र दर्शन गुरुङलाई ठाउँ दिएका छन् । त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा हुने खेल ४ः४५ बजे सुरु हुनेछ । खेलका लागि रंगशाला तयार रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ भने मरिसस पहिलो जितका लागि मैदान उत्रिनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0