गोलकिपरले गोल गरेपछि लिभरपुल महत्वपूर्ण जित

फुटबल

काठमाण्डाै : अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल गरि लिभरपुलका जित पक्का गरेका हुन् ।लिभरपुलका लागि सन् १८९२ पछि गोलकिपरले निर्णायक गोल गरेका हुन्।

त्यसअघि खेलको १५ औँ मिनेटमा रोब्सन कानुले गोल गरि घरेलु टोली वेष्ट ब्रोमलाई सुरुवाति अग्रता दिलाएका थिए । मोहम्मद सालहले लिभरपुलका लागि ३३ औँ मिनेटमा बराबरी गोल गरे ।

जितसँगै लिभरपुलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै बनेको छ। पाँचौ स्थानको लिभरपुलको अन्तिम दुई खेलअघि ६३ अंक छ।

चौथो स्थानको चेल्सीको ६४ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६६ अंक छ। यी दुई टिमबीच आगामी लिग खेलमा प्रतिस्पर्धा हुनेछ। जसको फाइदा लिभरपुललाई हुँदैछ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0