पिएसजीका युवा स्टार एमबाप्पे रियल मड्रिड जान तयार !

फुटबल

काठमाडौं :  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियाल मड्रिड जान तयार रहेका केही अन्तर्राष्ट्रिय मिडियाहरुले बताएका छन् । यी २३ वर्षीय फ्रेन्च फरवार्डलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड मड्रिड पछिल्लो केही सिजनयता सक्रिय रूपमा लागेको छ । एमबाप्पेले पनि मड्रिड जाने चाहना सार्वजनिक गरेका थिए । पिएसजी र एमबाप्पेबीच सन् २०२२ को ३० जुनसम्मको सम्झौता छ ।

एमबाप्पे पिएसजीसँगको सम्झौता समाप्त भएपछि ‘फ्रि ट्रान्सफर’मा मड्रिड जान तयार रहेको अन्तर्राष्ट्रिय मिडियाले बताएका हुन् । यसअघि एमाबप्पेले एक अन्तर्वार्तामा आफूले मध्य सिजन चलिरहँदा फ्रेन्च क्लब नछाड्ने बताएका थिए ।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार रियल म्याड्रिड र पिएसजीबीच हुने च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेल समाप्त नहुन्जेल दुई पक्षबीचको सम्झौता आधिकारिक रूपमा भने सार्वजनिक गरिने छैन । मार्काका अनुसार मड्रिडमा एमबाप्पेले प्रति सिजन ५० मिलियन युरो प्राप्त गर्नेछन् । उनी सन् २०१८ मा अर्को फ्रेन्च क्लब मोनाकोबाट पिएसजीमा अनुबन्धित भएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0