विश्वकप छनौटमा पराग्वेमाथि ब्राजिलको फराकिलो जित

फुटबल

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले पराग्वेमाथि फराकिलो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हा, फिलिप कोटीन्हो, एन्टोनी र रोड्रीगोले एक एक गोल गरेका थिए । विश्वकप छनौटमा अपराजित रहेको ब्राजिलको यो १५ खेलमा १२औ जित हो ।

३ खेल बराबरी खेलेको ब्राजिलको ३९ अंक रहेको छ र शिर्ष स्थानमा रहदै कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै पराग्वेको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । १६ खेलमा १३ अंक रहेको पराग्वे अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0