विश्वकप छनोट : मार्टिनेजको गोलमा अर्जेन्टिनाले कोलम्बियालाई हरायो

फुटबल

काठमाडौं । यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई हराउँदै १० औं जित निकालेको छ। यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियामाथि १-० को कठिन जित निकालेको हो।

बुधबार बिहान घरेलु टोलीलाई जिताउन लोउटारो मार्टिनेजले निर्णायक गोल गरे। उनले खेलको २९ औं मिनेटमा गरेको गोल नै खेल जित्नका लागि पर्याप्त रह्यो। समूहको शीर्ष स्थानमा रहेको ब्राजिलसँगै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले यो खेलपछि १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।

अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ। अर्जेन्टिनासँग हार व्यहोरेसँगै कोलम्वियालाई विश्वकपमा छनोट हुने सम्भावना न्युन बन्दै गएको छ ।

अब छनोटको बाँकी खेलमा कोलम्वियाले जितेर मात्रै पुग्दैन। अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ। कोलम्विया १६ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ। उसले अब २ खेल खेल्न बाँकी छ।

समूहको तेस्रो स्थानमा २४ अंक जोडेको इक्वेडर र चौथो स्थानमा २२ अंक जोडेको उरूग्वे छ। यस्तै २० अंक जोडेको पेरू पाँचौ स्थानमा छ। यो समूहबाट शीर्ष चार टोली सिधै विश्कपमा छनोट हुनेछन्। पाँचौ हुने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0