आईसीसी टी-२० वरियतामा कुशल भुर्तेल ५१ औं, बलिङमा सन्दीप ८४औं स्थानमा

Uncategorized

काठमाडौं : आईसीसी टी२० क्रिकेटतर्फको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ५१‍‍‍औं स्थान यथावत रहेको छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबार गरेको अद्यावधिक वरीयता अनुसार अनुसार कुशल ५१औं स्थानमा रहेका छन्। यस्तै, नेपालका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९४औं स्थानमा झरेका छन्। उनी १ स्थान तल झरेका हुन्।

ब्याटिङतर्फ नै पाकिस्तानका बाबर अजाम शीर्षस्थानमा यथावत् छन्। यता, पाकिस्तानकै मोहम्मद रिज्वान दोस्रोमा रहेका छन्। दक्षिण अफ्रिकाका एडेन मार्कराम तेस्रो र चौंथो स्थानमा भारतका लोकेश राहुल छन्। उनी यसअघि पाँचौ स्थानमा थिए।

बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ८४औं स्थानमा छन्। बलिङ तर्फ नै श्रीलंकाका वनिन्दु हसरंगा शीर्षस्थानमा छन्। यस्तै, दक्षिण अफ्रिकका ताबरियाज साम्सी दोस्रो, इङ्ग्लान्डका आदिल रशिद तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौंथो र अफगानिस्तानका राशिद खान पाँचौ स्थानमा यथावत छन्।

यता, अलराउन्डर वरीयताको शीर्षस्थानमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी यथावत रहेका छन्। बंगलादेशी अलराउन्डर साकिब अल हसन दोस्रो स्थानमा छन्। त्यस्तै दुई स्थान सुधार गरेका इङ्लिस अलराउन्डर मोइन अलीले वरीयताको तेस्रो स्थानमा उक्लिएका छन्।

अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल एक स्थान घटुवा भएर चौंथो स्थानमा पुगेका छन्। वरीयताको पाँचौ स्थानमा श्रीलंकाका वनिन्दु हसरंगा, छैटौंमा इङ्ल्यान्डका लियम लिभिङ्स्टन, सातौंमा एसोसिएट राष्ट्र ओमानका अलराउन्डर जिसान मक्सुद छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *