विमल घर्तीमगरको भावुक स्टाटस : ‘सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनकाे लागि हो’

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टाेलीका स्ट्राइकर विमल घर्तीमगरले लामाे समयपछि मैदान फर्किन पाउँदा निकै खुसी लागेकाे बताएका छन् । आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विमलले नेपालकाे जर्सी लगाएर राष्ट्रिय गान गाउन पाउँदाकाे क्षणलाई अरू कुनै कुरासँग तुलना गर्न नसक्ने बताएका हुन् । उनले लेखेका छन्, ‘निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो ।

उतारचढावपछि शारीरिक मानसिक रूपमा सबल भइ मैदानमा नेपालको झन्डा अङ्कित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरू कुनै कुरासँग तुलना गर्न सक्दिनँ !’ विमलले टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई आत्मसात् गर्दै आउँदा दिनमा पनि नेपालीहरूमा खुसी बाँड्न सधैँ तत्पर हुने बताएका छन् ।

झन्डै दुई वर्षपछि मैदान प्रवेश गरेका विमलले आफ्नाे पुनरागमनलाई यसरी जनाएका छन्– सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनकाे लागि हो ! अफ्रिकी देशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा विमलले गाेल गर्दै टाेलीलाई जिताएका थिए ।

विमलले के लेखेका छन् ?

सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनको लागि हो ! निकै लामो समय प्रत्यक्ष रूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सतप्रतिशत साथ रहिरह्यो ।
उतार चढावपश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरु कुनै कुरासंग तुलना गर्न सक्दिन !
टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाँड्न सदैव तत्पर हुनेछु ।
मेरा लागि सबै र सबैको लागि म

जय नेपाली फुटबल ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0