जित्न बिर्सिएको बार्सिलोनाले भित्र्यायो नयाँ स्टार खेलाडी

फुटबल

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर पियरी एम्रिक अबुमियाङसँग सम्झौता भएको पुष्टि गरेको छ। गाबोनका ३२ वर्षीय स्ट्राइकर अबुमियाङसँग सोमबार नै सम्झौता भएको बार्सिलोनाले जनाएको हो।

उनलाई इंग्लिस क्लब आर्सनलबाट फ्री ट्रान्फरमा आबद्ध गरिएको हो। आर्सनलबाट १६३ खेलमा ९२ गोल गरेका उनले गत डिसेम्बरदेखि क्लबबाट खेलेका थिएनन्। अनुशासनको कारबाही गर्दै उनलाई आर्नसलले खेलाएको थिएनन्। बार्सिलोना र अबुमियाङबीच ३ वर्ष ६ महिनाका लागि सम्झौता भएको बताइएको छ।

आर्सनलमा सन् २०१८ मा आबद्ध हुनुअघि उनले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट खेलेका थिए। उनले डर्टमन्डमा २०१३ देखि २०१८ सम्ममा १४४ खेलमा ९८ गोल गरेका थिए। सन् २००९ मा गाबोनको राष्ट्रिय टिममा डेब्यू गरेका उनले ७२ खेलमा ३० गोल गरेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1