स्वारेजले ताेडे मेस्सीकाे कीर्तिमान, विश्वकप छनौटमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बने

फुटबल

काठमाडौं : रुग्वेका स्ट्राइकर लुइस स्वारेज फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा भेनेजुयलामाथि ४-१ को जित निकाल्दा एक गोल गरेका स्वारेजले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको नाममा रहेको रहेको २७ गोलको कीर्तिमान भंग गरेका हुन् ।

याेसँगै विश्वकप दक्षिण अमेरिकी छनोटमा स्वारेजको गोल संख्या २८ पुगेको छ । कतार विश्वकप २०२२ का लागि दक्षिण अमेरिकी छनोटबाट हालसम्म ब्राजिल र अर्जेन्टिनाले आफ्नो स्थान सुरक्षित गरेका छन् ।

छनोटमा १५ खेलबाट ३९ अंक जोडेको ब्राजिल तालिकाको शीर्ष तथा समान खेलबाट ३५ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छन् । उरुग्वे १६ खेलमा २२ अंक जोडेको उरुग्वे २२ अंक जोडेर चौथो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
9
+1
4
+1
11
+1
5
+1
1
+1
1
+1
8