वेस्टइन्डिजविरूद्ध हुने सिरिजअघि भारतका ४ खेलाडीलाई कोरोना

क्रिकेट

काठमाडौं :  वेस्ट इण्डिजसँगको एकदिवसीय सिरिजअघि भारतीय टिमका केही महत्वपूर्ण खेलाडी कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेमा ब्याटरहरू शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस अय्यर र बलर नवदीप सैनी रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार तीनजना सपोर्ट स्टाफमा पनि कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फिल्डिङ प्रशिक्षक टी दिलीप, सुरक्षा सम्पर्क अधिकारी बी लोकेश र थेरापिस्ट राजीव कुमार रहेका छन् ।

महत्वपूर्ण खेलाडी कोरोना संक्रमित भएपछि टिममा मयंक अग्रवाललाई बोलाइएको छ । भारतले आइतबारदेखि वेस्ट इण्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।

सिरिज अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । एकदिवसीयपछि दुवै टिमले तीन खेलकै टी–२० श्रृखंला पनि खेल्ने तालिका छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0