प्रधानमन्त्री देउवालाई भेटेर अब्दुल्लाह अलमुताइरीले भने : ‘राम्रो रंगशाला बनाउनु पर्‍यो’

फुटबल

काठमाडौं : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटका छन् । उनले सामाजिक सञ्जालमार्फत शुक्रबार आफूसहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रधानमन्त्रीसँग भेट गरेको जनाकारी गराएका हुन् ।

उनले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबल प्रतियोगिताको विजेता नेपाली महिला भलिबल टोलीलाई पनि भेटेको जनाएका छन् । भेटमा प्रधानमन्त्री देउवाले ​ अलमुताइरीलाई सम्मान पनि गरेका छन् । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली टोलीका प्रशिक्षक अलमुताइरीलाई पनि सम्मान गरिएको हो ।

भेटमा उनले प्रधानमन्त्रीलाई सामान्य खेलकुदमा खेलाडीलाई सहयोग गर्न आग्रह गरेका छन् । साथै राम्रो रङ्गशाला बनाउन पनि आग्रह गरेका छन् । यसबारे राम्रो विकल्प खोजेर नेपाली फुटबललाई सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् ।

सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अलमुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अलमुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो । फुटबलका खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो ।

अलमुताइरीको नेतृत्वमा घरेलु टोली नेपालले भर्खरै सम्पन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो । नेपालले दुवै मैत्रीपूर्ण खेलमा समान १–० को जित हात पारेका हो । दशरथ रंगशाला शनिबार सम्पन्न खेलमा विमल घर्ती मगर र मंगलबारको दोस्रो खेलमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
10
+1
1
+1
4
+1
1
+1
10
+1
1