रोनाल्डोले पेनाल्टी मिस गरेपछि म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

फुटबल

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा मिडल्सब्रोसँग पराजित हुदै एफए कपबाट बाहिरिएको हो । युनाइटेडको घरेलु मैदान ओल्ड टाफोर्डमा भएको खेलमा निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी भएको थियो ।

खेलको २५औं मिनेटमा जाडोन सान्चोको गोलमा युनाइटेडले अग्रता लिएको थियो भने खेलको ६४औ मिनेटमा मिडल्सब्रोका माट क्रुक्सले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस अघि खेलको २०औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेपछि युनाइटेडले गोल गर्ने अवसर गुमाएको थियो । निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीपछि अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा मिडल्सब्रोले ८-७ ले खेल जितेको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडका एन्थोनी एलंगाले पेनाल्टी मिस गरेका थिए ।

योसँगै यस सिजनको एफए कपमा म्यानचेस्टर युनाइटेडको यात्रा समाप्त भएको छ भने मिडल्सब्रो राउण्ड १६ मा पुगेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
2
+1
2