हृदयघात भएर मैदानमै ढलेका एरिक्सन मैदानमा फर्किए, ६ महिनाको लागि ब्रेन्टफोर्डमा अनुबन्ध

फुटबल

काठमाडौं : गत वर्ष युरोकप फुटबल अन्तर्गत फिनल्यान्डविरूद्धको खेलमा हृदयघात भएर मैदानमै ढलेका डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन प्रिमियर लिगमा फर्किएका छन्। २९ वर्षीय एरिक्सनलाई प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले यस सिजनको बाँकी अवधि अर्थात् ६ महिनाको लागि अनुबन्ध गरेको हो।

यसअघि प्रिमियर लिग क्लब टोटनहमबाट खेलेका एरिक्सन २०२० मा इटालियन क्लब इन्टर मिलान पुगेका थिए। तर, युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा हृदयघातपछि एरिक्सन मैदान बाहिर रहेका थिए।

हृदयघात भएपछि उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर (आईसीडी) जडान गरिएको छ। जसका कारण इटालीमा उनले फुटबल खेल्न नपाउने भएका कारण इन्टर मिलानले एरिक्सनलाई रिलिज गरेको थियो।

उनले केही दिनदेखि डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए। एरिक्सनले इन्टरका लागि २६ खेल खेलेका थिए। इन्टरले ११ वर्षपछि सिरी ए को उपाधि जित्दा एरिक्सन पनि सदस्य थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0